
धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा मंगलबार साँझ दुई पक्षका युवाहरूबिच झडप भई झडपले उग्र रुप लिँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाका अनुसार होली मनाइरहेका दुई टोलका युवाबिचको झडपलाई मिलाउने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि प्रहरीले हवाई फायर गर्नुपरेको हो ।
तिमिल्सिनाले भने; झडप नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै कुटपिट भए र प्रहरी सहायक निरीक्षक डबल साउद घाइते भए। सो झडपमा सहभागीले जिल्ला प्रहरी कार्यालयको गाडीमा समेत क्षति पुर्याएका तिमिल्सिनाले जानकारी दिए।
झडपका क्रममा घाइते कालु राना थारुलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । भने दुई टोलका युवाबिच पुरानो रिसइवीका कारण आज होली मनाउने निहुँमा विवाद भएको जनाइएको छ।
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्