
जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले आफ्नो पद पुनर्वहालीका लागि सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणको रिट अदालतबाट खारेज भएको छ। दर्ता नम्बर ०८२-डब्लु ओ-१५४७ रहेको उक्त उत्प्रेषण मुद्दामा सर्वोच्च अदालतले “रिट खारेज” गर्ने फैसला सुनाएको हो।
नेपाली कांग्रेसबाट गुठीचौर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका दानबहादुर बुढाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको पद रिक्त भएको निर्णय गरेको थियो।
निर्वाचन आयोग र नेपाली कांग्रेससमेतलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका बुढाको रिट अदालतबाट खारेज भएसँगै उनको अध्यक्ष पदमुक्ति सम्बन्धी निर्णय कायम रहने भएको छ।
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्