नेपाली कांग्रेस हिमा गाउँपालिकाको अधिवेशन सम्पन्न; सभापतिमा दन्त बहादुर शाही निर्विरोध निर्वाचित 



 

जुम्ला । नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफल पार्न देशभर नेपाली कांग्रेससका ईकाई तथा पालिका स्तरीय अधिवेशन भब्यताका साथ सम्पन्न गरिँदै छ। जस अन्तर्गत आज (असोज ७ गते) देशभरका ७५३ वटा स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न गरिएको छ।

सोहीअनुसार जुम्लाको हिमा गाउँपालिकामा पनि पालिका स्तरीय अधिवेशन सम्पन्न गरिएको छ । जसमा सम्पुर्ण कार्यसमितिका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन्।

निर्विरोध निर्वाचित भएका नया कार्यसमितिका सभापति दन्त बहादुर शाहि रहेकाछन्। भने क्रमशः उप सभापतिमा -नरबहादुर शाहि/महिला उपसभापतिमा -धनपुरा शाहि, सचिव -नयबहादुर शाहि ,काेषाअध्क्ष -हरि कृष्ण राेकाया, सह सचिव-बलिराज शाहि सहित २५ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

क्षमता र दक्षतालाई प्रथामिकता दिनु पर्ने मान्यतालाई आत्मसात गर्दै नयाँ कार्यसमितिलाई निर्विरोध निर्वाचित गराईएको निवर्तमान पालिका सभापति नर बहादुर शाहीले बताएका छन्।

अधिवेशनलाई सुसम्पन्न गराउन र सहमति जुटाउन नेपाली कांग्रेसका नेता दिप बहादुर शाहि काे ठुलाे भुमिका रहेको शाहीले जानकारी दिएका छन्।

हिमा गाउँपालिकामा आगामी दिनमा नेपाली कांग्रेसलाई स्वच्छ शक्तिशाली र जनमुखी पार्टीका रुपमा स्थापित गर्ने नयाँ कार्यसमितिले प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार
अरु पनि पढ्नुहोस्