नदिमा भाँसिएको स्काभेटर बाट दुई ब्यक्तिको उद्धार 



जुम्लाको तिला नदिको बिच भागमा फसेको स्काभेटर बाट प्रहरीले दुईजनाको सकुसल उद्दार गरेको छ। श्रावण २७ गते करिव ७:५० बजे तिर चन्दननाथ नगरपालिका १० खल्लागाउँ बाट चन्दननाथ नगरपालिका ९ उम्गाड तर्फ जाने क्रममा तिला नदी तर्दै गरेको स्काभेटर बिच खोलामा बन्द भएको थियो।

नदिको बहाव बढेर खोलाको विच भाग भास्सिएर स्काभेटरको आधा भन्दा बढी भाग डुब्दा उक्त स्काभेटरमा रहेका दुईजनाको ज्यान समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले उल्लेख गरेको छ।

प्रहरीका अनुसार खोलामा स्काभेटर फसेको र स्काभेटर भित्र दुईजना व्यक्ति रहेको स्थानीयले जानकारी दिए पछि जिल्ला प्रहरी कार्यालय जुम्लाको टोली खटिई उनिहरुको उद्धार गरेको हो।

स्काभेटरमा रहनेमा सोही स्काभेटरका चालक कालिकोट जिल्ला पंलाता गा.पा. ४ बस्ने २७ वर्षिय आर्यन बि.क. र सहचालक जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा नं. ३ बस्ने १८ वर्षिय आकाश सुनार रहेको थिए। हाल दुबै जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्