जुम्लामा दुई संस्थाले संयुक्त रुपमा महोत्सवको आयोजना गर्दै 



जुम्लामा उधोग वाणिज्य संघ जुम्ला र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाले संयुक्त रुपमा महोत्सव आयोजना गर्ने भएको छ।

दुबै संस्थाले यो भन्दा पहिले आ-आफ्नो आयोजना र फरक-फरक मितिमा महोत्सव आयोजना गर्ने बताएका थिए। जसमा उधोग वाणिज्य संघ जुम्लाले श्रावण २२ गते देखि भाद्र ५ गते सम्म महोत्सव संचालन गर्ने निर्णय गरेको थियो भने। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्ला शाखाले श्रावण ७ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने बताएको थियो।

दुबै संस्थाको उक्त निर्णयले सामाजिक सञ्जालमा विवाद उत्पन्न गरेको थियो। एकआपसमा तालमेल नमिलाई जुम्ला जस्तो सानो जिल्लामा एउटै समयमा दुई पटक महोत्सव आयोजना गर्दा उपयुक्त नहुने भई दुई संस्था छलफलमा आई निचोड निकालेको छ।

श्रावण १३ गते (हिजो) दुई संस्थाको छलफल बाट दुबै संस्थाले संयुक्त रुपमा महोत्सव आयोजना गरिने भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष विश्वराज खत्रीले जानकारी दिएका छन्।

छलफल बाट निस्किएको सहआयोजनाको निचोडले जनमानसमा सकरात्मक सन्देश प्रवाह गरेको खत्रीको बुझाई छ। महोत्सवमा प्रवेश शुल्क वृद्ध र बालबालिकाको लागि (सौलियतमा)१५० र खुल्ला रु २०० रहने छ।

महोत्सव संचालन हुने मिति नतोकिएको उधोग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकाया ले बताएका छन्। उनकाअनुसार मिति तोकिए पश्चात मिडियाकर्मीहरुलाई जानकारी गराईने छ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार
अरु पनि पढ्नुहोस्