जुम्लाका गायक खडानन्द चौलागाईको बाजुरेली सुईना गित सार्वजनिक 



जुम्लाका प्रख्यात गायक खडानन्द चौलागाई द्वारा निर्मित बाजुरेली सुईना गित सार्वजनिक भएको छ। विहिबार बिमोचन गरि कार्यक्रमका बिच उक्त गित सार्वजनिक गरिएको हो।

खडानन्द चौलागाई र लक्ष्मि नेपालीले आवाज दिएको उक्त गितको छायांकन जुम्लामा गरिएको हो। गितका लेखक चौलागाई आफै रहेका छन् ‌। भने संगीत पनि उनकै रहेको छ।

गितमा लेखकले जुम्ला र बाजुरा जिल्लाको सुन्दरता बारे बयान गरेका छन्। जहाँ गायक पनि जुम्ला र बाजुरा कै हुन्। जुम्लाको प्रख्यात मन्दिर चन्दननाथ मन्दिरलाई समेत विशेष स्थान मिल्ने गरि लेखकले समेटेका छन्।

प्राकृतिक सुन्दरतालाई महिला कलाकारको रुप रङ सङ्ग तुलना गरिएको छ। सोही गितको लय र भाका अति नै सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। गितको लय भुवन प्रकाश बडुको रहेको छ। क्यामेराम्यान प्रकाश उपाध्याय र सहायक क्यामेराम्यान प्रकाश विश्व रहेका छन् भने। निरु बुढा र खडानन्द चौलागाईको अभिनय रहेको छ।

खडानन्द चौलागाई (Khadananda Chaulagain) नामक युट्युब च्यानलमा सो गित सार्वजनिक गरिएको छ। सम्पुर्ण दर्शकहरुला गितको भिडियो हेरी प्रतिक्रिया दिनुहुन गायकले अनुरोध गरेका छन्।‌

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार
अरु पनि पढ्नुहोस्