जुम्लामा फेला परेको शवको खुल्यो पहिचान 



जुम्लाको चन्दननाथ नगरपालिका ६ स्थित महत गाउँ नजिक यान्त्रिक कार्यालय अगाडी फेला परेको शवको पहिचान खुलेको छ। भाद्र ४ गते साँझ करिव ७ बजे जुम्ला ट्राफिक प्रहरी कार्यालय नजिकै यान्त्रिक कार्यालय अगाडी एक ब्यक्तिको शव फेला परेको थियो। हाल जिल्ला प्रहरी कार्यालय जुम्लाले उक्त शवको छानविन गरि पहिचान गरी पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएको छ।

मृत्यु हुनेमा चन्दननाथ नगरपालिका ७- मिचा गाउँका ४१ वर्षिय रत्न चन्द्र रावल रहेका छन्। प्रहरीका अनुसार रावलले प्राय मदिरा सेवन गर्ने गर्दथे। उनको निधन हुनु अघि रावलले मदिरा सेवन गरेको प्रहरीको अनुसन्धान टोलिले अनुमान गरेको छ।

मृत्युको कारण पुर्ण रुपमा हाल सम्म खुल्न नआएको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम भईरहेको छ। भने थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार
अरु पनि पढ्नुहोस्