गगन थापाले भने : म राजीनामा दिन्छु



काठमाडौँ — नेपाली कांग्रेस पार्टी उपसभापति विश्वप्रकाश शर्मा संगको भेटवार्तामा गगन थापाले पदबाट राजीनामा दिन लागेको बताएका छन् । थापाले भेना थिए ; निर्वाचनमा पार्टी हारेकोमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको हु ।

भेटमा थापाले ‘पार्टीको पराजयको जिम्मेवारी लिएर पद त्याग गर्नु उचित रहेको बताएका छन्। तर, उपसभापति शर्माले उनलाई तत्काल राजीनामा नदिन सुझाव दिए । उनले भने, ‘रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो ।

नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समिक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।’

 

सोमबार साँझ सुरु भएको दुई जनाको छलफल नयाँ बानेश्वरमा जारी छ ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार
अरु पनि पढ्नुहोस्