
सुर्खेतमा एक दलित किशोरलाई बलत्कार गरि हत्या गरिएको छ। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसकै दिन वीरेन्द्रनगर–१ घर भएकी १६ वर्षीया युनिका विकको बलात्कारपछि हत्या गरिएको हो।
युनिकाको शव वीरेन्द्रनगर–४ स्थित जनजागर उपभोक्ता सामुदायिक वनमा फेला परेको हो। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।
सोमबार करिब ९:३० बजे प्रहरीले फोन गरी छोरी बेहोस अवस्थामा रहेको भन्दै लिन आउन आग्रह गरेको मृतककी आमा तिला विकले बताएकी छन्। त्यसपछि परिवार घटनास्थल पुगेको थियो।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले किशोरीका प्रेमी भनिएका अनमोल गौली सहित ४ जनालाई पक्राउ गरेको सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ताले किशोरीमाथि बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान भइरहेको र घटनामा संलग्न भनिएका युवकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्