
भर्खरै मात्र सम्पन्न फागुन २१ को निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संग फोन कलमा कुराकानी भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल (फेसबुकमा) स्टाटस लेखेका छन्।
नेपालमा अबको सरकार रास्वपाको बन्ने आंकलन गरि आगामी दिनमा नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ र विश्वसनीय बनाउने बारे दुबै नेता संग फोन मार्फत कुरा भएको मोदिले जाहेर गरेका छन्। उनले फेसबुकमा स्टाटस राख्दै यस्तो लेखेका छन्;
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का अध्यक्ष श्री रवि लामिछाने र RSP का वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग न्यानो टेलिफोन वार्ता भयो।
दुवै नेताहरूलाई उनीहरूको चुनावी विजय र नेपालको चुनावमा RSP को शानदार सफलताको लागि बधाई दिएँ। उनीहरूको आगामी नयाँ सरकारको लागि शुभकामना व्यक्त गरें र हाम्रा दुई देशहरूको पारस्परिक समृद्धि, प्रगति र कल्याणको लागि उनीहरूसँग काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरें।
मलाई विश्वास छ कि हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्ध नयाँ उचाइमा पुग्नेछ।
रवि लामिछाने
बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी – RSP
मोदीको स्टाटस:

प्रतिक्रिया दिनुहोस्