जुम्लामा एक युवक माथि खुलेआम सार्वजनिक ठाउँमा जातिय विभेद 



जुम्ला बजारको कालेखोली स्थित एउटा होटेमा खुलेआम जातिय विभेद भएको छ।

गुठिचौर गाउँपालिका वडा न -३ की कविता बुढाले तातोपानी खान गएका राजबहादुर सुनारलाइ खुलेआम डुम भनेर जातीय विभेद गरेको भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन। म डुम नै भन्छु। भुइँसाको मासु खाने डुम नै हुन। मलाई डुम भन्न किन नदिने। मेरा घरमा खुसिको पुच्छर लिन आउछन्। म डुम नै भन्छु।’

उनले थप भनेकी छन्, ‘मेरो जेठाबुवा सबैलाई जेलबाट निकाल्छ्न म आफ्नी छोरीलाई किन ननिकाल्लान। मलाई जेलबाट निकालिहाल्छन्।’

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार
अरु पनि पढ्नुहोस्