जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु



जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना भएको हो।

उक्त गाउँपालिका को कुडारी बजारबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

मंगलबार बिहान करिब ८ बजे दुर्घटना भएको ट्याक्टरमा परि तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावत गम्भीर घाइते भएका थिए। भने उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि उपचारका क्रममा रावतको मृत्यु भएको प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिएका छन्।

ट्याक्टर चालक भैर रावत फरार रहेका छन् । भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १७ गते मंगलबार
अरु पनि पढ्नुहोस्