होटल पौवाको वार्षिकोत्सवको अवसरमा स्वाद उत्सवको आयोजना गरिने 



नेपालमा होटल व्यवसायको पाटोमा आफ्नो भिन्नै पहिचान बनाउन सफल होटल पौवाले होटलको स्थापना दिवसको अवसरमा देशभरका १९ वटा शाखामा “स्वाद उत्सव” कार्यक्रमको आयोजना गरेको छ।ग्राहकलाई होटलका पकवानको स्वादको अनुभूति गराउने उदेश्यले उक्त उत्सवको आयोजना गरिको हो।

त्यस्तै जुम्लामा अवस्थित होटल पौवा जुम्ला शाखाले पनि आफ्ना ग्राहकहरूलाई स्वाद उत्सवमा उपस्थिति भई दिन निमन्त्रणा गरेको छ। चैत्र २५ गते होटलको वार्षिकोत्सव रहेको छ। उक्त दिनमा १९ वटै शाखामा रक्तदान, सरसफाइ, सामाग्री वितरण जस्ता कार्यक्रम गरिने र जुम्ला शाखाले फरक क्षमता भएका विधार्थीहरुलाई फलफूल वितरण गरिने भएको होटल पौवा जुम्लामा शाखाका प्रबन्धक थानेश्वर भण्डारीले जानकारी दिएका छन्।

चैत्र २६ गते देखि २८ गते सम्म स्वाद उत्सव कार्यक्रम रहेकाले होटल पौवा जुम्लामा उपस्थित भई साकाहारी तथा मांसाहारी पकवानको स्वाद लिनुहुन भण्डारीले आग्रह गरेका छन्। चैत्र २६ गते देखि २८ गते सम्म प्रत्येक ब्यक्तिले भेज र ननभेज स्वाद लिन पाउने छैन्। भने ३ दिनमा ६ वटा पकवानको स्वाद लिन पाईने छ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार
अरु पनि पढ्नुहोस्