जुम्लाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटमा दुर्घटनामा 



जुम्लाबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स खाडाचक्र नगरपालिका–२ मान्म बजार स्थित म्यारखोला नजिक दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटना स्थलमै २ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन्। उक्त एम्बुलेन्स जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बताइएको छ।

एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका थिए। तीमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेको नाम र ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा अन्य २ जना घाइते भएका छन्।

घाइतेमध्ये सोही स्थानका अन्दाजी २० वर्षीय नकेन्द्र शाही रहेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ चैत २५ गते बुधबार
अरु पनि पढ्नुहोस्