
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका ईन्चार्ज प्रकाश बहादुर शाहीले जुम्लामा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन्। बिदाका दिन चलाईएका सरकारी मोटरसाइकल चेकजाँच गरि ट्राफिक प्रहरीले कार्वाही गरेको छ।
ब्लुबुक, लाईसेन्स बिना चलाईएका सवरी साधनलाईलाई निगरानीमा राखि चालकलाई कार्वाही गरिएको ट्राफिक प्रहरी कार्यालय जुम्लाका ईन्चार्ज प्रकाश बहादुर शाहीले बताएका छन्।
चोरी लगायत अवैधानिक रुपमा चल्ने गरेका सवारी साधनलाई नियन्त्रणमा लिन र नियमविपरीत चल्न नदिन ट्राफिक सक्रिय रहने शाहीको भनाइ छ।
त्यस्तै सर्प्राईज चेकिङ गर्ने क्रममा वैशाख २६ (आज) ट्राफिकले ५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकल क.प्र.0-१००१ ब४१० हिमा गाउ पालिकाको, क.१ ब १४५ चन्दनाथ न.पा को, क.१ ब. १५८ शहरी तथा भवन डिभिजन कार्यलय को, क.१ ब ३३६ चन्दनाथ न पा को र १ पातारासि गा पाको रहेको ईन्चार्ज शाहीले जानकारी दिएका छन्।
उनले ट्राफिक नियमको पालना गरि सवारीसाधन प्रयोग गर्न सुझाव समेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस्