जुम्लामा मोटरसाइकल र बोलेरो जिप एकआपसमा ठोक्किँदा मोटरसाईकलमा सवार दुईजना घाईते



जुम्लाको चन्दननाथ नगरपालिका ९ उम्गाडमा विहिबार विहान करिव १०:३० बजे बा..प्र.०१००१ प १८९५ न. को मोटरसाइकल र बा.१९ च.७३९ नं. को बोलेरो जिप एकआपसमा ठोक्किँदा दुईजना सामान्य घाईते भएका छन्।

नाग्म जुम्ला सडक खण्डमा नाग्मबाट जुम्ला बजार तर्फ आउदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बोलेरो एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा चालक सहित दुईजना सवार थिए। भने दुर्घटनामा मोटरसाइकल चालक जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा न.८ रोकाया बाडा वस्ने वर्ष २१ का खगेन्द्र धराला र पछाडी सवार जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा न.८ रोकाया बाडा बस्ने वर्ष १८ की काली धरालालाई सामान्य चोटपटक लागेको छ।

उक्त दुर्घटनामा एकआपसमा ठोक्किएका मोटरसाइकल र बोलेरो जिप जिल्ला ट्राफिक कार्यालयजुम्लाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

साथै घाईतेको अवस्था सामान्य रहेको र उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ।

थप विवरण आउन बाँकी।

प्रकाशित मिति : २०८३ जेठ २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्