
जुम्लाको तातोपानी गाउँपालिका ५ लाम्रामा विहिबार साँझ करिब ७ बजे लागुऔषध चरेस सहित ४ जना पक्राउ परेका छन्। उक्त ठाउँमा मादकपदार्थ सेवन गरि उश्रृङखल गतिविधि गरीरहेको अवस्थामा प्रहरीले संकास्पद ठानी खानतलासी गर्दा उनिहरुको खल्तिमा चरेस जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जुम्ला जिल्ला तातोपानी गा.पा. वडा न. ५ लाम्रा वस्ने अन्दाजी २३ का साईजन नेपाली सोही ठाउँमा बस्ने वर्ष १८ का देवराज नेपाली, वर्ष १८ का धनराज परियार र वर्ष ३० का राजेन्द्र नेपाली गरी जम्मा ४ जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्र.ना.उ.चिरञ्जीवी दाहालको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले उक्त ४ जनालाई लागुऔषध चरेस सहित पक्राउ गरेको हो।बरामद गरिएको लागुऔषधको तौल शुद्ध ३८० मिलिग्राम रहेको जिप्रका जुम्लाले जनाएको छ। कार्यालयकस अनुसार थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्