जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाईते 



 

जुम्लाको तातोपानी गाउँपालिका ३ लिताकोटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका छन्। शुक्रबार (आज) करिब २ बजे जिल्ला जुम्ला तातोपानी गा.पा.वडा नं. ३ लिताकोट स्थित जुम्ला नाग्मा सडक खण्डको मोडमा क १ प ११७८ नं. को मोटरसाइकल सडकबाट करिब १२ मिटर तल आफै अनियन्त्रित भई बारीमा खसि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

उक्त मोटरसाइकलमा दुईजना सवार रहेको खुलेको छ भने। चालक रुपन्देही जिल्लाको तिलतमा न.पा.वडा नं. ७ घर भई हाल जुम्लाको चन्दननाथ न.पा. ५ कालेखोली स्थित पौवा होटलमा काम गर्ने २२ वर्षिय दर्शन काफ्ले हुन ।

र पछाडी सवार व्यक्ति पनि सोही होटलमा काम गर्ने जुम्ला जिल्ला सिंजा गा.पा.वडा नं. ५ बस्ने बर्ष २८ का दिलिप रोकायाको हुन।

प्रहरीका अनुसार चालकको मुख र निधारमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ। त्यस्तै पछाडी सवार व्यक्तिको दाहिने आँखाको माथि सामान्य चोट लागेको छ ।

प्रहरी चौकी लिताकोटबाट ट्राफिक प्रहरी सहित प्रहरी सहायक निरिक्षक विष्णु बहादुर पौड्यालको कमाण्डमा खटिएको ४ जनाको टोलिले उक्त मोटरसाइकल र घाईतेहरुको उद्धार गरेको हो।

घाईतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार
अरु पनि पढ्नुहोस्