
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमस कार्यरत चिकित्सक माथि अभद्र व्यवहार गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ। मिति २०८३।०३।१० गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आकस्मिक कक्ष भित्र खटिएका चिकित्सक माथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं ३ बस्ने बर्ष अन्दाजी ३० का लव बहादुर सेजुवाल रहेको प्रहरीले जानकारी दिएको छ। प्रहसरीका अनुसार सेजुवालले मादक पदार्थ सेवन गरी हो हल्ला गर्दै आकस्मिक कक्ष भित्र प्रवेश गरी अभद्र ब्यवहार गरेका थिए। सेजुवालाले यस भन्दा पहिले पनि प्रतिष्ठान भित्र अनाधिकृत रुपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको भन्ने बुझिएको प्रहरीको भनाई छ।
उल्लेखित घटना सम्बन्धमा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो शंसोधन २०७९) को कसुर बमोजिम मिति २०८३।०३।११ गते मुद्दा दर्ता गरी सम्मानित जुम्ला जिल्ला अदालत जुम्लाबाट सोही मितिमा ५ दिनको म्याद थप अनुमती समेत प्राप्त गरी अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्