सुर्खेतबाट कालिकोट तर्फ जाँदै गरेको फोर्स गाडी कर्णाली नदिमा खसेर बेपत्ता 



कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा फोर्स गाडी दुर्घटना भइ कर्णाली नदिमा खसेको छ। कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली नदिमा खसेको जानकारी प्राप्त भएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको संख्या तथा मानवीय क्षतिबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।

दैलेखका डिएसपीका अनुसार सुरक्षा टोलीले फोर्स गाडीको खोज तलास गरिरहेको छ । यदपी हाल सम्म भेटिएको छैन् ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार
अरु पनि पढ्नुहोस्