
जुम्लामा दोस्रो बृहत् कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सव २०८३ को आयोजना हुने भएको छ। जुम्लाको कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिलाई प्रवर्द्धन गर्ने हेतुले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति जुम्लाले उक्त महोत्सव आयोजना गरेको हो।
प्रतिष्ठानद्वारा अघिल्ला वर्षहरुमा आयोजित महोत्सवमा भएका कमिकमजोरीहरुलाई सुधार गर्दै यो महोत्सवलाई थप सान्दर्भिक ढङ्गले सम्पन्न गर्ने बताएको छ।
अघिल्ला महोत्सवमा भएका कमिकमजोरीहरुलाई औंल्याउँदै यो पटक ब्यानरमा देखाईएका सम्पुर्ण कलाकारहरुलाई निम्त्याउने प्रतिष्ठानका निवर्तमान अध्यक्ष कर्ण बुढथापाले बताएका छन्। महोत्सवलाई थप ब्यवस्थित र समन्वयकारी ढङ्गले संचालन गर्ने उनले बताएका छन्।
महोत्सवमा राष्ट्रिय लगायत स्थानीय कलाकारहरुको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष विश्वराज खत्रीले जानकारी दिएका छन्। साथै महोत्सव आगामी भाद्र ७ गते देखि १६ गते सम्म सञ्चालन हुने खत्रीले सुचित गराएका छन्।
महोत्सवमा टिकट शुल्क करिब १०० देखि १५० सम्म रहने छ।
प्रतिक्रिया दिनुहोस्