घाईतेको उपचार पुरा नहुँदै उम्मेदवारलाई श्रेय लिन हतार



जुम्लाको तातोपानी गाउँपालिका ६ धौलापानी नजिकै भ्यान ट्याक्टरसँग ठोकिएर दुईजना निर्वाचन प्रहरीसहित ७ जना घाइते भएका थिए।फागुन ७ गते (आज) दिउँसो करिब १२:०० बजेतिर भे १ ज ८१८ नम्बरको गाडी जुम्ला बजारदेखि नाग्मसम्म जाने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटना परेर जुम्लाका सातजना घाइते भएका हुन् । जसमा निर्वाचन प्रहरी समेत रहेका हिमा २ ओदिका २१ वर्षिय धर्मेन्द्र रोकाय गम्भीर घाइते भएका थिए ।

अन्य घाइते हुनेमा तिला १ कि ३५ वर्षिया मेनुका बुढा पातारासी ४ कि २१ वर्षिया माया नेपाली तिला २ का २१ वर्षीय पारस रावत तातोपानी ३ कि ४८ वर्षीया कुनि सुनार तातोपानी २ लोकेश खड्का गाडी चालक (आँखा र खुट्टामा चोट) त्यस्तै अर्का निर्वाचन प्रहरी तिला २ कै टेकेन्द्र रावत हुन। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेहरूको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान पुर्याईएको थियो।

दुर्घटनामा गम्भीर घाईते भएका हिमा २ ओदिका २१ वर्षिय धर्मेन्द्र रोकायको अवस्था असामान्य देखिए पछि उनलाई थप उपचारका लागि काठमाडौं पुर्याउनु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय जुम्लाले तत्काल गृहमन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा), सिंहदरवार, काठमाण्डौ) लाई हेलिकप्टर व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र पठाएको थियो। तत्काल नै नेपाली सेनाको हेलिकप्टर जुम्ला आई घाइते रोकाया लाई थप उपचारको लागि काठमाडौं तर्फ उडेको हो।

उक्त घटनामा भएको उद्धार माथि जुम्लाका उम्मेदवारहरु श्रेयको खिचातानी गरिरहेका छन्। घटनाको एक दिन नपुग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार ज्ञान बहादुर शाही हेलिकप्टर आफुले पहल गरेर जुम्ला बोलाएको भन्दै प्रचार गरिरहेका छन्।

उनले ७ गते (आज) साँझ आफ्नो प्रचार गर्दै घरदैलो गर्ने क्रममा घटना प्रति दुख ब्यक्त गर्दै आफूले माथिल्लो निकायमा फोन गरेर तत्काल हेलिकप्टर जुम्ला पठाउन आदेश दिलर हेलिकप्टर बाट घाइते रोकायाको उद्धार भएको बताएका छन्। जुन भिडियो अहिले सामाजिक सञ्जालमा छरपस्ट छ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले गृहमन्त्रालयलाई पठाएको पत्र:

प्रकाशित मिति : २०८२ फागुन ७ गते बिहीबार
अरु पनि पढ्नुहोस्