कालिकोट कांग्रेसका युवा नेता न्यौपानेको मोटरसाइकल दुर्घटनामा निधन



                     तस्वीर: न्यौपानेको प्रोफाइल बाट साभार

कालिकोट- कालीकोट स्थित पचालझरना-४ लाफाका ३३ वर्षीय कांग्रेस युवा नेता जनम प्रसाद न्यौपानेको निधन भएको छ । मान्मबाट कर्णाली राजमार्ग हुँदै कर्णाली करिडोरतर्फ जाँदै गर्दा भे ६ प ३३३१ नम्बरको मोटरसाइकलमा सवार न्यौपाने खाडाचक्र -२ छहरा नजिकै दुर्घटनामा परेको कालीकोटका प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले बताएका छन् ।

उनि नेपाली कांग्रेस कालीकोटको निर्वाचन क्षेत्र ‘ख’का पार्टी प्रवक्ता तथा जिल्ला समिति सदस्य समेत रहेका थिए। मान्ममा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा सहभागी भएर सोमबार घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको हो।

कालिकोट प्रहरीका अनुसार न्यौपाने सवार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको अनुमान छ गरिएको छ। मोटरसाइकल सडकमै पल्टिए पनि न्यौपाने उछिटिएर एक सय मिटर तल भीरमा खसेको डिएसपी खत्रीले जानकारी दिएका छन् ।

न्यौपानेको भीरबाट उद्धार गरी जिल्ला अस्पताल मान्म पुर्याउँदै गर्दा बाटोमै निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर आएपछि अस्थायी प्रहरी पोस्ट हुल्मबाट सहायक प्रहरी निरीक्षक रविन शाहीको नेतृत्वमा गएको चार जना प्रहरी टोलीले बाहिरी चोट नदेखिएको अवस्थामा भीरबाट उद्धार गरेर अस्पताल पठाएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार
अरु पनि पढ्नुहोस्