
आगामी फागुन २१ को निर्वाचनमा राप्रपा जुम्ला बाट उम्मेदवारी दिएका ज्ञान बहादुर शाहीले नेपाली कम्युनिष्ट पार्टी जुम्लाका उम्मेदवार नरेश भण्डारीकी बुहारीले आफु बसेको घरमा गुण्डा ल्याएर तर्साउन खोजेको भन्दै भिडियो सहित सार्वजनिक गरेका छन्।
निर्वाचन मौन अवधि लागु भएका बेला भण्डारीकी बुहारीद्वारा नियमको उल्लङ्घन गर्दै गलत कार्य गरेको शाहीले भिडियो मार्फत बताएका छन्।
उक्त परिस्थिति श्रृजना भएपछि जिल्ला प्रहरी कार्यालय जुम्लालाई जानकारी गरी प्रहरी बोलाएको समेत शाहीले जाहेर गरेका छन्।
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्